काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपिएले प्रदान गर्ने अवार्डमा सर्वोत्कृष्ट चुनिएका छन् ।
एनएनआईपिएले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एञ्जिला र पुरुषमा प्रिन्सलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो । सर्वोत्कृष्ट चुनिएका उनीहरुलाई अवार्डसहित समान एक/एक लाख रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै कराँतेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिएर जनही ५० हजार प्राप्त गरे ।
सर्वाेत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडाले प्राप्त गर्दा गजराज आदर्ष खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार ध्रुव तुलाधरले प्राप्त गरे । पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार प्राप्त गरे ।
ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो । यसपटक आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका अनुषा मल्ल, बक्सिङका सुष्मा तामाङ, साइक्लिङका निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे । त्यस्तै फुटबलका एञ्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीका कमला चन्द, जुडोका सञ्जित डंगोल, कबड्डीका घनश्याम रोकामगर, करातेका चन्चला दनुवार, ¥याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङका सुष्मिता नेपाल, स्कीका संगिता लामा, पौडीका एलेक्जेण्डर शाह, टेबलटेनिसका सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलका सलिना श्रेष्ठ , भारोत्तोलनका विशालसिंह बिष्ट, कुस्तीका सुशिला चन्द र उसुका सुष्मिता तामाङले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र विभिन्न संघका प्रतिनिधि लगायतले पुरस्कार वितरण गरेका थिए ।