काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओस र नेपालले पहिलो हाफ १-१ गोलको बराबरी खेलेका छन् ।
खेलकाे १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । तर त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्कायाे । २४ औं मिनेटमा आयुश घलानको गाेल गरेका हुन् ।