चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । आजदेखि पटिहानीमा सुरु भएको नेपाल कराँते महासङ्घको महाधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले खेल क्षेत्र देशको मात्रै नभएर अन्तर्राष्ट्रिय गौरवको विषय भएको बताए ।
उनले भने, “खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ । खेलकुदका क्षेत्रमा बजेट बढाउन सरकार लागेको छ ।” खेलकुदका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाउने उहाँले बताउनुभयो । पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उहाँले खेलकुद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताए । विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उनले विश्वास व्यक्त गरे।