काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झालाई खेलाउँदा करण केसीलाई बेन्चमा राखेको छ ।