लमजुङ। लमजुङको राइनास नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।
आधारभूत तह अन्तरगत कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम निमार्ण गरिसकेको नगरपालिकाले थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।
अगामी शैक्षिक सत्र २०८० देखि कक्षा ६, ७ र ८ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको नगरपालिकाले पाठ्यक्रम निमार्णलाई तिव्रता दिएको छ ।
हाल पालिका भित्रका पाँचवटा सस्थागत र ३६ वटा सामुदायिक गरी ४१ विद्यालयमा कक्षा १ देखि पाँच सम्म स्थानीय पाठ्यक्रम अध्यापन भैरहेको राइनास नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णवहादुर अछामीले बताए ।
चालु शैक्षिक सत्रमा ६ देखि ८ सम्मको पाठ्यक्रम निमार्ण गरी आगामि शैक्षिक सत्रदेखि पालिका भित्रका सवै विद्यालयमा कार्यान्वयनमा ल्याउने शिक्षा शाखा प्रमुख अछामीले बताए ।
स्थानीय पाठ्यक्रम निमार्ण लेखनको लागि शैक्षिक क्षेत्रमा योगदान पुराएक व्यक्ति एवं स्थानिय शिक्षक सहितको नौ सदस्यीय समिति रहेको छ ।
नगरप्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, सामाजिक विकास समिति संयोजक र शिक्षा शाखा प्रमुख सहितको सल्लाहाकार समिति रहेको छ ।
पाठ्यक्रम तयार पार्न समितिले प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागितामा सुझाव संकलन गरि सोही आधारमा विषयलाई प्राथमिकता दिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सयुल वताए । स्थानीय विषयबस्तुलाई समेटेर पालिका भित्रका सवै विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्न पाठ्यक्रम निमार्णलाई तिव्रता दिइएको सुयलको भनाई छ ।
यसअघि कक्षा १–५ मा समाबेश भएका विषयवस्तुलाई कक्षा ६–८ मा विस्तृत रुपमा समेटिने शिक्षा शाखा अधिकृत पुर्णवहादुर नेपालीले वताउनुभयो । नेपालीका अनुसार विषयवस्तुतको विस्तृतीकरण, क्रियाकलाप, शिक्षण सामाग्री र मुल्यांकन विधिका वारेमा छलफल गरी मयौदा तयार गरिएको छ ।
जसमा नगरपालिकाको वस्तुस्थिती सँगै प्राकृतिक स्रोत सम्पदा, जैविक विविधता र पूर्वाधार विकास, धार्मिक/ऐतिहासिक र पर्यटकिय स्थल, परम्परागत पेशा, उद्यमशिता/प्रविधि, व्यवसाय र प्रयोग, पोषण/स्वास्थ्य जीवनशैली/सरसफाई र स्थानिय खेलकुद, प्रकोप व्यवस्थापन, वातावरण संरक्षण र वातावरण मैत्री विद्यालय लगायतका विषय समेटिएको छ ।
विशेषत स्थानीय आवश्यकता, सम्भावना, स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर कक्षा १–५ को पाठ्यक्रम निर्माण गरेको नगरपालिकाले सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको जनाएको छ ।
तिनै विषयवस्तुलाई अझ विस्तृत रुपमा समेट्दै, यसअघि छुटेका विषय र सरोकारबालाको सुझावलाई समावेश गरेर ६–८ पाठ्यक्रम निमार्णको तयारी तिव्र पारिएको निमार्ण समितिका सदस्य कृष्णराज ओलियाले बताए।
स्थानीय पाठ्यक्रमले विद्यार्थीमा ज्ञान सिपको अभिवृद्धिसँगै नगरपालिकालाई समृद्ध पालिका बनाउन तथा पालिकाको चिनारीमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको राईनास नगरप्रमूख खड्गबहादुर गुरुङले बताए