काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनीले नेपाललाई सामान्य लक्ष्य दिएको छ ।
त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३२ ओभरमा १० विकेट गुमाउँदै ९५ रन बनाएको हो ।
पपुवा न्युगिनीका लागि ओपनरद्वय किप्लिन डोरिगा र हिरि हिरि सस्तैमा आउट भए । डोरिगाले २ रन र हिरिले १४ रन जोडे । कप्तान असद वालाले २० रन बनाउँदा सेसे बाउले १८ रन, चार्ल्स अमिनीले १६ रन, रिले हेकुरेले रन बनाए ।
यस्तै, चाड सोपरले ८ रन, काबुआ मोरियाले १ रन र हिला वारेले ७ रन बनाए । सेमो कामिया र नर्मन भानुआ भने शून्यमै आउट भए ।
नेपालका लागि बलरहरुले कसिलो बलिङ गरे । सन्दीप लामिछानेले ५ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले २-२ विकेट लिए । राजवंशीले यसअघि युएईविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो ।