पाटन । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्त्विक बुद्धका दुईवटा मूर्ति चोरी भएको छ ।
चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गए राति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए ।
चार मूर्ति रहेको बौद्ध चैत्यमा यसअघि फागुन १७ गते पनि मूर्ति चोरी भएको थियो । चैत्यमा राखिएका चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ ।
सर्वसाधारणका अनुसार बुद्धको मूर्ति भएको स्तूप भत्काएर चोरी गरिएको देखिएको छ । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।