काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर आसिफ शेखले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीविरुद्ध ९० रन बनाएसँगै उनले एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।
आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । कप्तान रोहित पौडेल नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।