काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेपं) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् ।
गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पुर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको छ ।
अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य-सचिव घिसिङलाई शुक्रबार साँझ डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिए पछि उनी घरमा नै आराम गरिरहेका छन् ।