काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको छ ।
पपुवा न्युगिनीका लागि अपोनरद्वय टोनी उरा र किप्लिन डोरिगाले क्रमश: २ र २९ रन जोड्दा सेसे बाउले ३१ रन, असद वालाले ३६ रनको योगदान गरे । साथै, चार्ल्स अमिनीले ६ रन, हिरि हिरिले १० रन, चाड सोपरले ३६ रन, रिले हेकुरेले ७ रन, नर्मन भानुआले २५ रन, अले नाओ १ रन र सेमो कमियाले २ रन बनाए ।
नेपालका लागि गुलशन झाले तीन विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा करन केसी, सोमपाल कामी र प्रतिश जिसीको नाममा एक/एक विकेट रह्यो ।