एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको ग्रीस भ्रमणको विरोधमा एथेन्स र अन्य सहरहरूमा मङ्गलबार शृङ्खलाबद्ध विरोध प्रदर्शनहरू भएका छन् । विदेशमन्त्री सोमबार र मङ्गलबार ग्रीसको राजधानीको दुईदिने भ्रमणमा थिए । ग्रीसको कम्युनिष्ट पार्टीको युवा विभाग र पार्टीको मजदुर युनियनले एथेन्सस्थित संयुक्त राज्य अमेरिकाको दूतावास बाहिर विरोध प्रदर्शन गरेको ग्रीसको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
स्थानीय अखबार इफिमेरिडा सिन्टाक्टन (सम्पादकहरूको जर्नल)का अनुसार सयौँ प्रदर्शनकारीहरूले मन्त्री ब्लिन्केनविरुद्ध र अमेरिकी नीतिविरुद्ध नाराबाजी गरेका हुन् । विश्वविद्यालयका विद्यार्थी युनियनहरू र वामपन्थी सङ्गठनहरूले एथेन्समा छुट्टै विरोध प्रदर्शन गरेका छन् ।