काठमाडौं । सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काँडाघारीस्तिथत आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित गरेको हो । मनकामना तेश्रो भयो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । चौथो भएको माउन्ट सेबले ५ हजार नगद पुरस्कार पायो ।
विजेतालाई कागेश्वरी नकआउट प्रतियोगितामा ३८ टिम सहभागी थिए ।