काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ ।
स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ ।
सिरिजमा नेपाल २५ खेलमा २० अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भइसकेको छ ।