एजेन्सी । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको प्रहरीले लागुऔषध कारोबारीहरूलाई कारबाही गर्दै १०३ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ भने र ७६.९५ केजी लागुऔषध समेत बरामद गरेको छ ।
एर्दोस शहरको दलद सार्वजनिक सुरक्षा ब्युरोका अनुसार संदिग्ध व्यक्तिहरू चीनको २० भन्दा बढी प्रान्तीय-स्तरका क्षेत्रहरूमा रसद डेलिभरीको माध्यमबाट विदेशबाट लागुपदार्थको तस्करी र ओसारपसार कार्यमा संलग्न रहेको बुझिएको छ ।
दलद ब्यानरमा प्रहरीले पहिलो पटक सन् २०२२ मार्चमा लागुऔषध कारोबारका घटना पत्ता लगाएको थियो। प्रहरीका अनुसार यी लागुऔषध तस्करहरूले अफलाइन खरिदकर्ताहरू खोज्न अनलाइन प्लेटफर्महरू प्रयोग गर्ने गरेको र झुटो विवरण पेश गरी कारोबार गर्ने गरेको बुझिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।