काठमाडौं । पछिल्ला २४ घन्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका ८५० नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५७ र एन्टिजेनबाट ६९३ जनाको परीक्षण गर्दा १२ जनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा ५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको छ।