काठमाडौँ । भारतले जारी टी-२० सिरिजको दोस्रो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको छ ।
आइतबार राति सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ६ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १०० रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै ९९ रन बनाएको थियो ।
भारतले यो जितपछि ३ खेलको सिरिज १-१ को बराबरी गरेको छ । यसअघि सिरिजको पहिलो खेल न्यूजील्याण्डले जितेको थियो ।
अब सिरिजको निर्णायक खेल आगामी बुधबार हुने छ ।