धनगढी। धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा धनगढी नगरक्षेत्रका ८ वटा बिद्यालयका ईसिडी देखी कक्षा ८ सम्मका २२ सय १० वालवालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
सामाग्री कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाश देउवाले बिद्यार्थीलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य प्रकाश देउवाले राज्यको लगानीको प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्ने बताए ।