बर्दिया । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका-३ बस्ने प्रकाश शाहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दिया गुलरियाको २०५६ असार १३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले ठाकुरबाबा नगरपालिका-०१ भुरिगाउँबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय गुलरिया बर्दिया पठाइएको छ ।