झापा । लागूऔषध गाँजा मुद्दाका फरार भिम कुमारी लिम्बु लावतीलाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका– ३ की ३८ वर्षीय लावतीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत झापाको २०७७ असोज १५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा ७ महिना कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।