जुम्ला । हिमा गाउँपालिका ७ रुपल्ली देवी आधारभूत विद्यालया वालमैत्री तथा अपांगतामैत्र बनेको छ । प्लान ईन्टरनेश्नल नेपालको सहयोगअन्तरगत किर्डाक नेपालमर्फत वालमैत्री तथा अपांगता मैत्री भवन निमार्ण भएको हो ।
दुई वटा ब्लगमा ४ कोठे भवन निर्माण गरेर विद्यार्थीलाई सहज भएको छ । अहिले विद्यार्थीले सो भवन निर्माण भएपछि सजिलै अध्ययन गर्न पाएका छन् । विद्यालयका अनुसार २७० जना विद्यार्थीे छन् । नयाँ भवनमा एक सयभन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । त्यो भनव निमार्णका लागि ६३ लाख ६३ हजार ४ सय ६२ रुपैयाँको लागतमा निमार्ण भएको हो ।
हिमा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बिक्रमबहादुर शाहीका अनुसार कक्षाकोठा गुणस्तर र दृष्टिविहीनमैत्री बाटो समेत उक्त भवनमा निर्माण गरिएको छ । कक्षा ७ सम्म संचालन भईरहेको उक्त विद्यालयमा ४ कोठे पक्की वालमैत्री तथा अपांगतामैत्री भवन निर्माण भएपछि धेरै राहात भएको स्थानीयले जनाएका छन् । उनले विद्यालयमा सो भवन नमूनाको रुपमा स्थापित भएपछि अन्य भवन पनि त्यस्तै निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने जोड थियो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संदिप शाहीले विद्यालयमा नयाँ निर्माण भएको भवन गुणस्तर भएको बताइन् । भवनमा इसीडी १ देखी ३ सम्म अध्ययन भइरहेको छ । उनका अनुसार कक्षाकोठा भित्र वालमैत्री टेवुल, कुसुन र शैक्षिक सामग्रीसमेत रहेका छन् ।
विद्यालय राम्रो बनेपछि सरोकारवाला निकायले अनुगमन गरेका छन् । प्लान नेपालका क्षेत्रीय प्रवन्धक मिना पराजुली, जिल्ला समन्वय समितिका संयोजक नरविर सुनार सहित सरोकारवाला निकायले विद्यालयको अनुगमन गरेका छन् । अनुगमनको क्रममा प्लानका क्षेत्रीय प्रवन्धक पराजुलीले गुणस्तर भवन नमूनाको रुपमा निर्माण भएको छ, अन्य भवनहरु यस्तै निर्माण गर्न आवश्यक रहेको छ ।