काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
केन्द्रमा मुख्यमन्त्रीको आलोपालो सहमति नभएपछि माओवादी सरकारमा नजाने भएको छ । आइतबार माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की प्रदेश मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।
आधा/आधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले बताए ।