पेरिस। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो सरकारले रसियाविरुद्धको युद्धमा सहयोग गर्न हल्का एएमएक्स—१० आरसी सशस्त्र लडाकु सवारी साधनहरू पठाउने बताएका एक फ्रान्सेली अधिकारीले बताएका छन् ।
‘युक्रेनी सेनाको समर्थनमा पश्चिमी–निर्मित सशस्त्र सवारी साधनहरू पु¥याइएको यो पहिलो पटक हो’, अधिकारीले भने । पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले योजनाबद्ध ढुवानीको मात्रा वा समयको बारेमा कुनै विवरण दिएनन् तर अन्य सवारी प्रकारहरूको सम्भावित डेलिभरीको बारेमा वार्ता जारी रहने बताए ।
जेलेन्स्कीले घोषणाको लागि म्याक्रोनलाई धन्यवाद दिँदै यसले अरुहरुलाई भारी हतियार उपलब्ध गराउन आवश्यकता देखाएको बताए ।