मस्को । पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ ।
युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन रुसले उल्लेख गरेभन्दा बढी भएको जनाएको छ ।
‘डिसेम्बर ३१ मा दोनेट्स्कको पूर्वी क्षेत्रको माकिभ्का शहरमा दुस्मनका विभिन्न प्रकारका सैन्य उपकरणहरूको १०इकाइहरू नष्ट र क्षतिग्रस्त भएको थियो’, युक्रेनको सशस्त्र सेनाका जनरल स्टाफले एक विज्ञप्तिमा भने ।
युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अस्थायी तैनाथी बिन्दुमा उच्च–विस्फोटक वारहेडका साथ चारवटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ रुसी सैनिकको मृत्यु भयो । ’
पछिल्लो हमलाले रुसलाई ठूलो क्षति भएको अनुमान गरिएको छ ।