काठमाडौं । प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको २२ औं संस्करणको आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरान क्वाटरफाइनलमा पुगेको हो ।
धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको पाँचौं मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए । आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।