एजेन्सी। फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले नाटकीय रुपमा पराजित भएको एक दिनपछि सन्यासको घोषणा गरेका हुन् ।
बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि तिघ्रामा बोकेका चोटका कारण विश्वकप अघि नै टोलीबाट बाहिरिदै विश्वकप गुमाउन पुगेका थिए ।
ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भएको थियो । बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।
‘मैले प्रयास र गल्तीहरू गरे जुन आज म यो स्थानमा छु र मलाई गर्व छ ।’ बेन्जेमाले ट्वीट गरे, ‘मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’ बेन्जेमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए । उनी युरो २००८ र २०१० को विश्वकप टोलीमा थिए । तर, फ्रान्स समूह चरणबाट बाहिरिएको थियो ।
स्पेनिस क्लब रियल म्याड्रिडका स्टार २०१० को विश्वकपबाट विवादास्पद रूपमा बाहिरिए तर चाँडै नै नयाँ प्रबन्धक लरेन्ट ब्लान्को नेतृत्वमा टोलीमा पूनरागमन गरेका थिए । फ्रान्स यूरो २०१२ र २०१४ को विवकपमा क्वाटरफाइनलबाट बाहिरिदा पनि उनी टोलीका सदस्य थिए ।
सन् २०१५ मा, बेन्जेमालाई फ्रान्सका टोली साथी म्याथ्यु भाल्बुएनालाई मोबाइल फोनमा सेक्स टेपको कथित रेकर्डिङमा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरिएको थियो । युरो २०१६ मा उनलाई छनोट नगरेपछि उनले फ्रान्सेली फुटबल महासंघ र प्रशिक्षक डिडियर डेसच्याम्प्समाथि प्रहार गरेका थिए । जहाँ फ्रान्स फाइनलमा अतिरिक्त समयमा पोर्चुगलसँग १–० पराजित भएको थियो ।
बेन्जेमा पाँच वर्षपछि गत वर्षको युरो २०२० मा फर्किएका थिए, जहाँ उनले फ्रान्सलाई पेनाल्टीमा स्विट्जरल्याण्डबाट आउट गर्नुअघि ४ खेलमा ४ गोल गरेका थिए । त्यसपछि, उनले फ्रान्ससँग नेसन्स लिग जिते र उनीहरूलाई २०२२ को विश्वकपका लागि सजिलैसँग क्वालिफाई गर्न मद्दत गरे ।
३५ वर्षिय बेन्जेमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ । त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भएपनि चोटबाट खेल्नै नपाई बाहिरिएका थिए ।