काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १४११ जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, हाल नेपालमा १६ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा १३ हजार ७०४ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् ।