जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको बड्की गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित टोलीसहित घुम्ति शिविर सञ्चालन गरिएको हो ।
गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवाग्राहीको भीड बढेको छ । हिमा गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको हो । शिविरको पहिलो दिन विभिन्न रोगका ३ सय ७६ जना बिरामीको उपचार गरिएको छ ।
गाउँपालिकाका अनुसार स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार,आखाँ जाँच तथा मोतियाविन्दुको सल्याक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनका अुनसार ९ जना आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
शिविरमा हिमा गाउँपालिका वडा नम्बर १ को बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडासहित आसपासका अन्य गाउँका मानिसले पनि लाभ लिएका छन् ।