काठमाडौं । नेपाल टी–२० लिगको आगामी सिजनका लागि जनकपुर रोयल्सले चाडविक वाल्टनलाई विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ । ग्लोबल टी-२० सर्किटमा एक अनुभवी खेलाडी वाल्टनले वेस्ट इन्डिजलाई अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै ढाँचामा प्रतिनिधित्व गरेका छन् । ‘जनकपुर रोयल्सको फ्रेन्चाइजीको हिस्सा बन्न पाउँदा म साँच्चै उत्साहित छु। म नेपाल आउन आतुर छु र म अभ्यस्त हुन र केहि रोमाञ्चक क्रिकेट खेल्न उत्सुक छु ,’ चाडविक वाल्टनले भने ।
‘उहाँसँग ठुलाे अनुभव छ । उहाँले पाकिस्तान सुपर लिग, लंका प्रिमयर लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायत खेल्नुभएको छ । नेपाली खेलाडीले उहाँबाट पाठ सिक्नेछन् भन्नेमा म आशावादी छु,’ जनकपुर रोयल्सका टिम सञ्चालक गोविन्द खण्डेलवालले भने ।