पोखरा । बलिउड अभिनेता विवक ओबरोय शुक्रबार पोखरा आइपुगेका छन् । नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी घुम्ने उद्देश्यले आएका उनको परिवार पोखरास्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् ।
माउण्टेन लजमा ओबरोयको परिवार १ साता रहने बुझिएको छ । अभिनेता ओबरोयले बुधबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय चन्द्रागिरी पनि गइसकेका छन् ।
पोखराको मुख्य बजार देखि करिब साढे १३ किलोमिटर टाढा रहेको उक्त लजको चार तले भवनको माथिल्लो मागबाट माछपुच्छ्रे, अन्नपूर्ण सहितको हिमश्रृखला देख्न सकिन्छ । लजबाट पोखरा आसपाससहित एक दर्जन हिमाल, हेमजा फाँट बजार, हरियो वनजंगल, पोखरा, फेवाताल लगायतको दृश्य अवलोकन सकिन्छ ।