काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार ७३० जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, हाल नेपालमा १५ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा ७ हजार ९०९ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् ।