काठमाडौं । प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वाेच्च अदालत फर्किएर सम्मानजनक अवकाश लिने सम्भावना क्षीण भएको छ ।
जबराको निलम्बित फुकुवा गर्ने संघीय संसद् सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएपछि सो सम्भावना क्षीण भएको हो ।
६५ वर्ष उमेर हदका कारण प्रधानन्यायाधीश जबराले २०७९ मंसिर २७ गते मंगलबार अवकाश लिनुहुनेछ ।
सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग लागेपछि प्रधानन्यायाधीशको हैसियतमा काम गर्न नपाउने कानुनी प्रावधान हाल निष्प्रभावी भएको पत्रमार्फत अदालतसहित ६ वटा निकायलाई जानकारी गराउँदै जबरालाई अदालतमा फर्किने बाटो खोलिदिनु भएको थियो । सोको कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्रमा रहेको छ ।