काठमाडौं। नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन आव्हान गरेको छ । काउन्सिलले शनिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन खुला गरेको हो ।
काउन्सिलले मंसिर २७ देखि पुस २७ सम्म आवेदन फाराम भर्न सकिने र दोब्बर दस्तुरमा पुस २९ गतेसम्म फाराम बुझाउन सकिने जनाएको छ । अहिले फाराम भर्ने परीक्षार्थीको आगामी माघ १२ देखि १४ गतेसम्म परीक्षा सञ्चालन हुने काउन्सिले जारी गरेको सूचनामा जनाइएको छ ।