काठमाडौं । प्रशिक्षक लुइस इन्रिके कतार फिफा विश्वकप २०२२ को प्रिक्वाटरफाइनलबाट बाहिरिएसँगै पदबाट अलग भएका छन् ।
मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्पेनको उपाधि जित्ने योजनामा समाप्त भएको थियो । ५२ वर्षीय इन्रिके सन् २०१८ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा स्पेन सन् २०२० युरो च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो । टोली इटालीसँग पराजित भयो ।
इन्रिकेले पद छाडेसँगै स्पेन यु २१ टोलीका प्रशिक्षक लुइस डे ला फुइन्टले पद लिने बताइएको छ ।
कतार विश्वकपको पहिलो खेलमा कोस्टारिकालाई ७–०ले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा जापानसँग २–१ ले पराजित भयो ।