काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
जापान समूह 'ई' बाट विजेता र क्रोएसिया समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
ब्राजिल समूह 'जी' को विजेता र दक्षिण कोरिया समूह 'एच' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।