काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हमद बिन अली रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का गरेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक/एक गोल गरे । खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो ।
आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।