काठमाडौं । बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।
क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ ।
जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए।
क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् ।
बराबरीपछि समूह 'एफ' को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो । बेल्जियम तेस्रो स्थान रह्यो ।
बेल्जियमको यस टिमलाई 'गोल्डेन जेनेरेसन' मानिएको थियो । तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ ।
क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो ।
साविक उपविजेता समेत रहेको क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो ।