काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा प्रकाशित भएको छ ।
प्रकाशित नतिजा अनुसार ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए । परीक्षा २० भदौदेखि २१ कात्तिकसम्म सञ्चालन भएको थियो ।
रोजगार आवेदन फाराम भर्नाका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने शाखाले जनाएको छ । राहदानीको म्याद कम्तीमा पनि एक वर्षको हुनुपर्ने र कुनै “क“ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सो को प्रमाण एवं सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रूपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ ।