एजेन्सी। कन्नड अभिनेता र निर्देशक ऋषभ शेट्टीले 'कन्तारा' को भव्य सफलता पछि आफ्नो बलिउड डेब्यू गर्नेबारे खुलासा गरेका छन् ।
उनले एएनआईसँगको एक विशेष अन्तर्वार्तामा बलिउडबाट धेरै अफर आएको सुनाए ।
उनले भने,'अफर आएको थियो तर अहिले कन्नडमा मात्र फिल्म बनाउन चाहन्छु।'
ऋषभ शेट्टीको निर्देशनमा बनेको ‘कान्तारा’ सेप्टेम्बर ३० मा रिलिज भएको थियो र यसको कथानक र अद्भूत दृश्यका लागि दर्शकबाट ठूलो प्रतिक्रिया पायो ।
ट्रेड विज्ञ तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो हप्तामा हिन्दी बजारमा ५० करोड रुपैयाँभन्दा बढी कमाई गरिसकेको छ र यसअघि नै अभिनेता यशको ‘केजीएफ: च्याप्टर १’ को लाइफटाइम कलेक्सन पार गरिसकेको छ।
फिल्म ‘कान्तारा’ को सिक्वेलको बारेमा कुरा गर्दै ऋषभले एएनआईलाई भनेका छन्, 'मैले यसबारेमा अहिलेसम्म सोचेको छैन। त्यसोभए हेरौं यदि यस्तो दिन आउँछ भने हामी घोषणा गर्नेछौं।'