बेइजिङ । चीनमा अहिले कोभिड–१९ बाट जनता जोगाउनका लागि कडा लकडाउन अपनाइएको छ । सरकारको लकडाउन नीतिप्रति स्थानीयले कडा विरोध गरिरहेका छन् । चीनका जनताले लकडाउनको विरोध गर्न फरक शैली अपनाएका छन् ।
उनीहरु सन् ८० को दशकमा भारतीय अभिनेता मिथुन चक्रवर्तीको अभिनय रहेको फिल्म ‘डिस्को डान्सर’ मा बप्पी लाहिडीले गाएको हिट गीत ‘जिमी–जिमी’ मा लिप्सिङ गरेर सरकारको विरोध गरिरहेका छन् ।
कैयौं चिनियाँ एप टिकटक र अन्य सामाजिक सञ्जालमा मानिसहरुले लिप्सिङको भिडियो बनाएर लकडाउनको विरोध गरिरहेका छन् । बप्पीको लेखन र पावर्ती खानले गाएको यो हिट गीतलाई चीनमा मन्दारिनमा भर्सन गरिएको छ । जसमा मानिसहरु ‘जिए मि, जिए मि’ भन्दै गाइरहेका छन् ।
यसको चिनियाँ अर्थ ‘मलाई चामल देउ, मलाई चामल देउ’ हो । भिडियोमा मानिसहरु घर–घरमा खाली भाँडाकुडा देखाइरहेका छन् । लकडाउनका कारण मानिसहरुले अत्यावश्यक खानेकुराको जोहो गर्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा सरकारले देशका २०० बढी स्थानमा कडा लकडाउन लगाएको छ ।