एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफले हालै एक अन्तर्वार्तामा आफ्ना पति विक्की कौशलको बारेमा केही रोचक खुलासा गरेकी छिन् । यसका साथै कट्रिनाले यो पनि बताइन् कि जब उनी सुत्न सक्दिनन्, तब विक्कीले गीत गाउँछन् ।
पिंकभिलासँगको कुराकानीमा विक्कीको सबैभन्दा राम्रो बानीको बारेमा कुरा गर्दै कट्रिनाले भनिन्, ‘मलाई लाग्छ उसलाई नाच्न र गाउन मन पर्छ । नाच्दा उनले महसुस गर्ने आनन्द वास्तवमा हेर्नको लागि सबैभन्दा सुन्दर चीजहरू मध्ये एक हो। यसका साथै उनी एक राम्रो गायिक पनि हुन् र कहिलेकाहीँ जब मलाई निद्रा लाग्दैन, म विक्कीलाई गीत गाउन भन्छु र उसले मेरो लागि गीत गाउँछ।’
अर्कोतर्फ जब कट्रिनालाई विक्कीको कुन बानी खराब लाग्छ भनेर सोधिएको थियो, उनले यसबारे भनिन्, ‘कहिलेकाहीँ उनी धेरै जिद्दी हुन्छन् र म उनको यो बानीबाट रिसाउँछु।’
कट्रिना र विक्कीले गत वर्ष डिसेम्बर ९, २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए। दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए । कामको कुरा गर्ने हो भने कट्रिना चाँडै नै हरर कमेडी फिल्म फोन भूतमा देखिनेछिन् । फिल्म नोभेम्बर ४ मा हलमा रिलिज हुँदैछ । फिल्ममा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि अभिनय रहेको छ । यसबाहेक उनी सलमान खानसँग फिल्म ‘टाइगर ३’ मा पनि देखिनेछिन् । अर्कोतर्फ, विक्की ‘साम बहादुर’, ‘गोविन्द नाम मेरा’ र ‘द ग्रेट इन्डियन परिवार’ मा देखिनेछन् ।