चितवन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीन महिनाको अवधिमा नियम उल्लङ्घन गर्ने दश हजार बढीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा ट्राफिक प्रहरीले १० हजार एक सय ५३ लाई कारबाही गरेको हो ।
सबैभन्दा बढी गत भदौ महिनामा तीन हजार आठ सय १८ सवारी साधनलाई कारबाही गरिएको छ ।
यस्तै साउन महिनामा तीन हजार चार सय सय ७० र असोज महिनामा दुई हजार आठ सय सय ६५ लाई कारबाही गरिएको छ । यो अवधिमा रु ८७ लाख पाँच सय राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए ।
उनले जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति थप गरिएसँगै चेकजाँचलाई तीव्रता दिइएको बताए । वैशाखसम्म ५२ जना ट्राफिक प्रहरी रहेकोमा अहिले थप गरेर ८२ जना पु¥याइएको छ । अहिले मुख्य सहरी क्षेत्रका हरेक चोकमा दुई÷दुई जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
यस्तै चाडपर्व लक्षित ट्राफिक प्रहरी परिचालन गरेर नागरिकलाई सहजता प्रदान गरिएको उनको भनाइ छ ।तीन महिनाको अवधिमा महिनामा जिल्लामा भएका दुर्घटनामा २२ जनाको मृत्यु र दुई सय १७ घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय चितवनमा ठूला दुर्घटनामा कमी आएको छ ।