एजेन्सी । बलिउड नायिका जान्हवी कपुर आफ्नो फेसन सेन्सका कारण निकै चर्चित छिन् । जान्हवीको स्टाइल नयाँ पुस्ताका अरु अभिनेत्रीभन्दा फरक छ । हालै उनलाई मुम्बईको बान्द्रामा कालो रंगको ड्रेसमा देखिएको थियो।
उनीसँगै विक्की कौशलका भाइ तथा अभिनेता सन्नी कौशल पनि देखिएका थिए । जान्हवीले कालो रंगको हिल र कालो रंगको चश्मा लगाएकी थिइन् । जान्हवी कालो पहिरनमा सुन्दर देखिएकी थिइन् ।
जान्हवीलाई यस पहिरनमा देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई काइली जेनरसँग तुलना गरिरहेका छन् । जान्हवीको भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन् ‘बलिउडकी काइली जेनर।’