काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२ हजार ५०४ जना डेंगुका सक्रिय संक्रमित छन् । गत साउनदेखि शुरू भएको डेंगु संक्रमण देशका ७७ वटै जिल्लामा फैलिसकेको छ ।
पछिल्लो समय यो वर्ष तराई र भित्री मधेशका जिल्लाभन्दा राजधानी र पहाडी जिल्लाहरु डेंगु संक्रमणबाट बढी प्रभावित छन् ।