काठमाडौं । कार्तिकको ४ गतेबाट नेपाली फिल्म ‘के घर के डेरा’ रिलिज हुँदैछ । नेपाली फिल्मले राम्रो व्यापार गरिरहेको अवसरमा कमेडी जनराको यो फिल्मबाट पनि आम फिल्मीकर्मीलाई सफलताको आशा छ ।
यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको हो । फिल्मको कमेडी पाटोले दर्शकलाई आकर्षित गरेको छ । ‘कबड्डी ४, झिङ्गे दाउ, २ नम्बरी’ जस्ता सामाजिक कमेडी फिल्मले दर्शकको मन जितेको कारणले पनि ‘के घर के डेरा’लाई सफल हुन सजिलो छ । अर्कोतिर, फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन्, जसले दर्शकमाझ बेग्लै छाप छाडेका छन् ।
फिल्ममा दयाहाङ राई र विपिन कार्की मुख्य भूमिकामा छन् । घर र डेराको समस्या आम नेपालीको समस्या हो । यस्तो सामाजिक विषयमा कमेडी हिसाबले प्रस्तुत गरेको कथालाई पक्कै नेपाली दर्शकले रुचाउछन् भन्नेमा निर्माणपक्ष ढुक्कै जस्तो देखिएको छ ।
यो फिल्म चल्छ भन्नेमा यसमा रहेका 'उत्कृष्ठ' कलाकर्मीहरुको जमात पनि हो तर चलेका कलाकार भएरै मात्र फिल्म चल्छ भन्ने चाँहि होइन ।