चितवन । जिल्लामा एक हजार २६ जनामा डेंगीको संक्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार पाँच हजार २८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी देखिएको हो । ती मध्ये ६९३ जना चितवनका रहेका छन् । २१७ जना बाहिरी जिल्लाका र ११६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार डेंगीका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ ।
जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा ४४९, रत्ननगर नगरपालिकामा १०३, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगी सङ्क्रमण देखिएको कार्यालयलको तथ्यांकले देखाएको छ ।
यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेंगी देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष छन् । ४०६ पुरुष र २८७ महिलामा डेंगी देखिएको कार्यालयले जनाएको छ ।