काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । उनीहरूले आइतबार परिवारको उपस्थितिमा विवाह गरेका हुन् ।
उनीहरुले विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
उनीहरूबीच केही समय अगाडि इङ्गेजमेन्ट भएको थियो । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । कमल लोकप्रिय गायक हुन् भने मेलिना मैनाली उदीयमान गायिका हुन् ।