धनुषा । आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।