काठमाडौं । शुक्रबार रिलिज भएको प्रेमगीत-३ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ ।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्मले दुई दिनमा विश्वभरबाट ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ ।
‘प्रेमगीत ३’ले नेपालमा दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । पहिलो दिन २ करोड ५ लाख र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको निर्माण पक्षले जनाएको छ ।
हिन्दी संस्करणले भारतमा शुक्रबार १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ गरेको छ । समग्रमा फिल्मले दुई दिनमा १४ करोड ६ लाख रुपैयाँ कमाएको हो । हिन्दी संस्करण पनि नेपालमा रिलिज हुँदैछ ।