काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी आजबाट पुनः अनसनमा बस्ने भएका छन्।
आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी केसी धनगढी प्रस्थान गरेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् । अस्पतालहरूको बेड बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने लगायतका उनको माग छ ।