काठमाडौं । छालाको चाउरीपना, पिम्पल, दाग, छालामा हुने क्षति र छाला सम्बन्धी अन्य धेरै अवस्थाहरुको उत्कृष्ट उपचारका लागि नर्भिक अस्पताल, थापाथली, काठमाडौंमा मल्ल ग्रुप अफ कम्पनिजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक उपचार सुरु गरेको छ । यो उपचार पीडादायी हुँदैन र ३० मिनेट मै सकिने यो उपचार पछि छाला चम्किलो र स्वस्थ हुन्छ ।
यस डर्मा क्लियर नामक उपचारमा तीन चरणहरु पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट बिस्तारै र कुशलतापूर्वक हटाइन्छ । यसले छालालाई सफा र ताजा बनाउँछ र स्वस्थ छालाको सतहलाई उजागर गर्दछ । अर्को चरणमा छालाबाट फोहोर, सूक्ष्म प्रदूषक र अशुद्ध तत्वहरुलाई सक्शन उपकरण प्रयोग गरि हटाईन्छ । अन्तमा एक उपकरणले एन्टिअक्सिडेन्ट र एन्टी–एजिंग सीरमलाई छालामा हालिन्छ । यसो गर्नाले छाला चम्किलो र स्वस्थ हुन्छ ।
“यस डर्मा क्लियर उपचार प्रक्रिया पीडादायी हुदैन । उपचार पछि तुरुन्तै आफ्नो नियमित गतिविधिमा फर्कन सक्छ, ” मल्ल ग्रुप अफ कम्पनिजका अध्यक्ष राम शरण मल्लले भने, “पहिलो उपचार पछि नै राम्रो परिणाम देख्न सकिन्छ । छाला ताजा र सफा देखिन्छ। यस उपचारले रक्त प्रवाह र नयाँ कोशिकाहरूको पुनरुत्थानलाई पनि मद्दत गर्दछ र छालाको नवीकरण प्रक्रियालाई गति दिन्छ ।”
यस डर्मा क्लियर छाला सम्बन्धि अन्य विविध उपचारहरु भन्दा अघि हुने पूर्व–उपचारको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता उपचारहरुलाई डर्मा क्लियरले अझ प्रभावकारी बनाउँछ । जस्तैः जन्म चिन्ह हटाउन, कोठी हटाउन, ट्याटु हटाउन, इत्यादी ।
डर्मा क्लियर उपचार सबै उमेर समूह र छालाका प्रकारका लागि डिजाइन गरिएको हो । छालाको चीप्लोपना, सुख्खापना, छिप्पीदै गरेको छाला अनुसार छुट्टा–छुट्टै तरिकाले उपचार कार्यक्रमहरू डिजाइन गरिन्छ । “डर्मा क्लियर उपचार सेवा सुरु गरेकोमा हामी नर्भिक इन्टरनेशनल अस्पताल तथा विशेष गरी छाला रोग विभागको टोलीलाई बधाई दिन चाहन्छौं,” मल्लले भने ।
डर्माक्लियर नेपालमा चिकित्सा उपकरण र सर्जिकल उपकरणहरूमा अग्रणी कम्पनीहरू मध्ये एक धरती मेडिटेकद्वारा नर्भिक अस्पतालमा लन्च गरिएको थियो । कम्पनीले २९ वर्षदेखि सबै प्रकारका गुणस्तरीय लेजर मेसिन, न्युरो सर्जरी उपकरण र उच्च गुणस्तरको अस्पतालका फर्निचरहरु भित्राउदै आएको छ । धरती मेडिटेक र मल्ल ग्रुप अफ कम्पनीज स्वास्थ्य सेवा क्षेत्रमा विश्वका उत्कृष्ट कम्पनीहरूका लागि आयातकर्ता र वितरक हुन् ।
डर्मा क्लियर अल्माद्वारा प्रस्तुत गरिएको हो । अल्मा लेजर, लाइट–आधारित, रेडियोफ्रिक्वेन्सी, प्लाज्मा र अल्ट्रासाउन्ड समाधानहरूको आविष्कारक हो ।